Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आचरण विपरीत काम गर्ने २७५ प्रहरीलाई कारबाही

    आचरण विपरीत काम गर्ने २७५ प्रहरीलाई कारबाही

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले आचरण विपरीत काम गरेको भन्दै २७५ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेकाे छ । भारतीय सिमासँग जोडिएको कारण भारतबाट अबैध रुपमा सामानको ओसार पसार हुने लगायत प्रहरीको आचरणविरुद्ध काम गरेका प्रहरी कर्मचारीहरुलाई कारवाही गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरज प्रताप सिंहले जानकारी दिए ।

    आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश २ का विभिन्न कार्यालयमा प्रहरीको आचरण विरुद्ध काम गरेका २७५ जना प्रहरीलाई कारवाही गरिएको । साथै ९८५ जना जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको डिआईजी सिंहले बताए ।



    प्रहरीको नैतिक आचरणको विपरीत काम गरेका, आर्थिक प्रलोभनमा तस्करहरुलाई सघाएका, मादक पदार्थ सेवन गरेर डयुटी गरेका, संगठनप्रति जिम्मेवार नहुनु र कर्तव्य पूरा नगर्नु लगायत अमर्यादित क्रियाकलाप गरेको प्रहरी कर्मचारीलाई कारवाही गरिएको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार