पोखरा । पाेखरामा एक कोरोना संक्रमितको मृत्यु भएकाे छ। पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत ६२ वर्षिय पुरुषको मृत्यु भएको हाे ।
मृतक पोखरा १९ लामाचौरका हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनी पोखराका पहिलो ब्यक्ति हुन । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । बिहीबार ५, शुक्रबार ५ र शनिबार ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
Leave a Reply