Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बङ्गलादेशका ११ खेलाडी कोरोनाबाट सङ्क्रमित

    बङ्गलादेशका ११ खेलाडी कोरोनाबाट सङ्क्रमित

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । बङ्गलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

    सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।



    “परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो,” बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने ।



    बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार