काठमाडौं । वीर अस्पतालका एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । अस्पतालका कार्यकारी निर्देशक डा. केदार सेञ्चुरीले एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित चिकित्सक अहिले अस्पतालको आइसोलेसनमा उपचारत छन् ।
यसअघि मंगलबार र बुधबार अस्पतालको ‘फिभर क्लनिक’मा आएका ३ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थिया । निर्देशक डा. सेञ्चुरीका अनुसार चिकित्सक र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन् ।
Leave a Reply