Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको साधारणसभा मोडालिटी १५ दिनभित्र

    उद्योग वाणिज्य महासंघको साधारणसभा मोडालिटी १५ दिनभित्र

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले पदाधिकारीले गरेको साधारणसभा सम्बन्धि निर्णय अनुमोदन गरेको छ । गत साउन ८ गतेको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिएको १५ दिनभित्र साधारणसभा गर्ने गरी स्थगित गरेको थियो । यस्तै साधारणसभाको मोडालिटी बारे अध्ययन गर्न गठन गरिएको ६ सदस्यीय समिति गठन गर्ने निर्णयलाई पनि कार्यसमितिले अनुमोदन गरेको छ ।

    साधारणसभा सार्ने पदाधिकारीको उक्त निर्णय कार्यसमितिबाट नगरिएको भन्दै विरोध हुँदै आएको थियो । बुधबार बसेको कार्यसमिति बैठकले पदाधिकारीको दुबै निर्णय अनुमोदन गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।



    सरकारले सभा, सम्मेलन गर्न खुला गर्न समय लाग्ने भएमा महासंघको साधारणसभा कुन मोडालिटीमा गर्न सकिन्छ भन्ने बारेमा उक्त समितिले १५ दिनभित्र सुझावसहितको प्रतिवेदन दिने अध्यक्ष राणाले बताइन् । “पूर्वअध्यक्षहरुसहितको पदाधिकारी बैठकले गरेको निर्णय कार्यसमितिले अनुमोदन गर्‍यो” उनले भनिन्, “मोडालिटीबारे अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।”



    समितिमा कार्यकारिणी सदस्यहरु रञ्जित आचार्य, विनोद ढकाल, अरुण सुमार्गी, डीबी बस्नेत, सुनिलगोपाल श्रेष्ठ र भरत आचार्य छन् ।कोरोना संक्रमणका कारण पटक पटक स्थगित हुँदै आएको महासंघको साधारणसभा विद्युतीय माध्यमबाट समेत गर्न सकिने गरी महासंघले छलफल थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार