Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेप्से परिसूचक ७ अकंले बढ्यो

    नेप्से परिसूचक ७ अकंले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । साताको दोस्रो कारोबारका दिन (आज सोमबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अकंले बढेर बन्द भएको छ ।कारोबारको शुरुवातमा ओरालो त्यसपछि उकालो यात्रा लागेको नेप्से परिसूचक आज भने ७ अंकको हारहारीमा उकालो लागेको हो ।

    आज १३९३.०२ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४०३.८७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।आज सेन्सेटीभ सूचक पनि १.४७ अंकले बढेकोे छ । आज कारोबारका लागी आएका १२ उपसूचक मध्य ९ उपसूचक बढे्का छन् ।



    त्यस्तै, आज कारोबारका लागी आएका १९० कम्पनीको ५३ लाख ४२ हजारभन्दा कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।यस्तै हाल कारोबारमा आएका कम्पनिमध्येप्रभु बैंक लिमिटेडले १ लाख २२ हजार शेयर कित्ता खरिद बिक्री हुदाँ ३४ करोड २९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार