Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सडक भासिएपछि सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

    सडक भासिएपछि सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    बुटवल । सडक भासिएपछि सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हाे ।

    प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।



    मोटरसाइकल र कार जीप चलाउन मिल्ने साँघुरो ठाउँ रहेकाले ठूला गाडी चल्न रोक लगाइएको डीएसपी पाण्डेले बताए । प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार