Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हत्कडी फुस्काएर भाग्ने अभियुक्त पक्राउ

    हत्कडी फुस्काएर भाग्ने अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    इलाम । हत्कडी फुस्काएर भाग्ने एक अभियुक्त हिजो शुक्रबार पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय इलाम ल्याइएका पाँचथर जिल्ला कुम्याक गाउँपालिका वडा नं १ का किरण तिखत्रीलाई इलाम नगरपालिका वडा नं. १ पुवाखोलाबाट पक्राउ गरिएको इलाम प्रहरीले जानकारी दिएको छ ।



    सुर्योदय नगरपालिका वडा नं. १० मा अस्थायी बसोबास गर्दै आएका तिखत्रीलाई खोजीमा गएका प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । निजलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जनाएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार