Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 2.4K
    SHARES

    ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । ६५ वर्षीया ती महिलाको आईसीयूमा उपचारकाे क्रममा ज्यान गएकाे हाे।

    जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको बताए ।



    ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । तर हालसालै वीरगञ्जबाट आएकी थिइन् ।



    स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार