Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौं उपत्यकाको सुरक्षा अब केन्द्रकै मातहत

काठमाडौं । काठमाडौं उपत्यकाकाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन अब केन्द्र मातहतबाटै गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको सुरक्षा व्यवस्थापन केन्द्र मातहत नै राखिने र कानुनी अड्चन भए त्यसको समाधान गरिने बताएपछि सहमति जुटेको वताइएको छ।

प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा राजधानीको सुरक्षा व्यवस्थापन गर्ने जिम्मा केन्द्र मातहत रहने गरी प्रकिया अघि बढाउने निर्णय भएको हो। त्यो अनुसार प्रहरी समायोजन तथा अन्य सुरक्षा समन्वय एवं संरचना तयार गर्न प्रधानमन्‍त्री ओलीले निर्देशन दिएका छन्।

समायोजन मस्यौदालाई अन्तिम रुप दिन प्रधानमन्त्रीसहित बसेको बैठकले राजधानीको शान्ति सुरक्षा अन्तत: केन्द्र मातहत रहने निर्णय गरेको हो। बुधबारको सरक्षा बैठकमा प्रधानमन्त्री ओलीले देशको केन्द्रीय राजधानीको सुरक्षा संवेदनशील मध्य नजर गर्दै केन्द्रीय प्रहरी खटाउनुपर्ने धारणा राखेपछि प्रहरी समायोजन मस्यौदामा केन्द्र मातहत राखिने भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077