Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुरियर कम्पनीका प्रतिनिधि पक्राउ

काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक युवकलाइ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनले आफू ई कम्पनीको नेपाल प्रतिनिधिका रुपमा परिचित गराउने गरेका थिए । तर, रकम लिएर सामान डेलिभर नगरेको अभियोग उनीमाथि छ ।

उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने शाहले बताएका थिए ।
शाहविरुद्ध ८ जनाले किटानी जाहेरी दिएका छन् । उनले ३ लाख २५ हजार रुपैयाँ ठगी गरेको निवेदन छ ।

शाहबाट अन्य पनि ठगिएको हुनसक्ने आशंका प्रहरीको छ । महाशाखाका एसएसपी दिपक थापाले शाहबाट पीडित अन्य व्यक्ति पनि भए, प्रहरी कहाँ सम्पर्क गर्न भनेका छन् । शाहविरुद्ध मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077