Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सर्जकमा पनि त इमानदारिता हुनुपर्याे

    सर्जकमा पनि त इमानदारिता हुनुपर्याे

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 4.9K
    SHARES

    ‘सयको गुन तिरौला हजारैले’, ‘बोके झार’, ‘चौतारीको बर’, ‘सालको पात’ जस्ता थुप्रै गीतहरू बनाएका संगीतकार एवम् गायक बसन्त थापा पछिल्लो समय चलेका संगीतकार हुन् । स्याङ्जा जिल्लाबाट १५–१६ वर्ष अगाडि काठमाडौं आएका थापा अहिले पनि गीत संगीतमा सिक्दै गरेको विद्यार्थीका रुपमा आफूलाई चिनाउन रुचाउँछन् ।

    विवाहित हुँदा पनि उनलाई मन पराउने युवतीहरूको कुनै कमी छैन । चलेका संगीतकारका रुपमा चिनिएका बसन्त थापासँग गरिएको कुराकानीको सम्पादित अंश :



    ० गीत संगीतमा लाग्नुभन्दा अगाडि वा लागिसकेपछि संगीतका विषयमा औपचारिक वा अनौपचारिक शिक्षा लिनुभएको छ ?
    – मैले जति पनि गीत बनाएको छु मेरो आफ्नो चेतनाले गरेको छु । म संगीतमा धेरै जानेको छैन । अझै सिक्दै पनि छु । सिकाइ त कहिल्यै पनि अन्त्य हुँदैन । हरेक दिनको अनुभव मेरा लागि सिकाइ नै हो ।



    ० संगीतको विषयमा औपचारिक कक्षा लिनुभएको चाहिं होइन ?
    – केही महिना मैले संगीतको कक्षा लिएको हो । त्यसपछि मैले आफैले अनुभवका आधारमा काम गर्न थालेको हुँ ।

    ० गीत संगीततिर लाग्नुभन्दा पहिला गाउँमा गीत गाउने वा प्रतियोगितामा भाग लिने गर्नुभएको थियो ?
    – गाउँमा हुँदा लुकेर गाउँथे । खोलानालामा एक्लै हुँदा थाउने गर्थे । समाजमा सुनाउन म आफैलाई डर लाग्थ्यो । ममा कन्फिडेन्स कमी भएको हो कि भन्ने लाग्छ । मनोवल कमजोर भएर समाजमा सुनाउन नसकिएको हो कि भन्ने लाग्छ मलाई अहिले ।

    ठूलो भएपछि विद्यालयमा गाउन थाले । प्लस टु पढ्न थालेपछि दोहोरी गीततिर आकर्षित भएँ । हाम्रो गाउँको कोटपर्वको प्रतियोगितामा म सफल भएँ । त्यसपछि मलाई उर्जा थपियो । कलाकारितामा अझै बढि रुचि भयो । गीत संगीतलाई पेसाकै रुपमा अगाडि बढाएँ ।

    ० तपाईका गीतहरू अधिकांश राम्रा छन् । दर्शकले रुचाइएका गीतमा पर्छन् । तपाईका यी गीत राम्रा हुनुको कारण के हो ? तपाईलाई कसरी फुर्छ ?
    – मैले बनाएका गीतहरू धेरै स्रोताले मन पराइदिनु भएको छ । माया गर्ने स्रोताका कारण हो । हाम्रो मौलिकपनालाई कहिल्यै पनि भुल्नु हुँदैन । हाम्रो माटोको सुगन्ध आउने खालका गीत हुनुपर्छ । त्यही माटोबाट जन्मिएको मासिन माटोप्रति आकर्षित हुनु नौलो कुरा होइन ।

    विदेशी संगीतको प्रभावमा परेका छ । लोकगीतप्रति रुचि नहुन पनि सक्छ । जसले आमा र माटोलाई माया गर्छ त्यसले आफ्नो लोकगीत सुन्छ नै । मान्छेको स्वभाव फरक फरक हुन्छ । तैपनि नेपाली मौलिक गीत संगीतलाई माया गर्ने ठूलो जमात छ ।

    ० तीज गीत बजारमा आएका छन् । तपाईले संगीत गरेको गीत पनि सुनेको थिए“ । तपाईले संगीत गरेकै गीत आधुनिक लयको छ । यस्तो गीत बनाउन कसरी रुचि राख्नुभयो ?
    – त्यो तीज गीतमा थोरै मोर्डन तरिकाले प्रस्तुत गरेका छौं । ‘गण्डकी सली सली’ भन्ने शब्द छ । ‘सली सली’को अर्थ भनेको म पनि बगे अलिअलि हो । अहिलेको ऋतु पर्वसँग सम्बन्धित रागमा गएर चेलीले आफ्ना कुराहरू व्यक्त गर्छन् । हामीले कुनै विषयवस्तुलाई भन्दा पनि चेलीको माइतीप्रतिको आकर्षण, माइतीलाई हेर्ने दृष्टीकोणलाई फरक ढंगले अर्थात आधुनिक ढंगले प्रस्तुत गरिएको छ । मेरी आमाले बाँचेको जीवन र मेरो बाँच्ने जीवनमा फरक छ । मेरी आमाले कुनै बेला कति छाक खानै पाउनु भएन हो ।

    कति अभावका बीच हामीलाई गाउँमा हुर्काउनु भयो होला । अहिलेको महिलाहरूमा त्यो छैन नि । समय परिवेशअनुसार हामी पनि परिवर्तन हुनुपर्छ । यतिखेर बसन्त थापाले के सोचेर गीत बनाइरहेको छ भन्नेभन्दा पनि मैले अहिले के गरिरहेको छु त्यो नै मौलिक हो कि जस्तो लाग्छ ।

    ० तपाई आफूले आफैलई लोक तथा दोहोरी वा अन्य गीतको केका लागि जानकार हुँ जस्तो लाग्छ ?
    – मेरो ओरजिन लोक गीत हो । त्यसलाई मैले बिर्सनु हुँदैन । मेरो आमा भनेको लोक गीत हो । म कसरी प्रस्तुत कसरी हुन्छु भन्ने मात्रै कुरा हो । पप, आधुनिक वा जे गर्दा पनि मेरो मौलिकतालाई भुल्नु हुँदैन । अरुसँग तुलनाभन्दा पनि आफ्नो ढंगले काम गर्नुपर्छ । अरुलाई गीत गाउन वा काम गर्न अहिले पनि मलाई आत्मबल कमजोर भए जस्तो लाग्छ ।

    ० तीज गीतलाई लिएर यस पटक फेरि विवाद भएको छ । कलाकारलाई धम्की आएका छन् । मुद्धामामिला पनि भएका छन् । यस्तो कुरा किन भइरहन्छ ? गीतका शब्दले धर्म र आस्थामाथि प्रहार भएका छन् भन्ने कुरा आएका छन्, त्यस्तो हो र ?
    – सर्जक तरल अवस्थामा हुन्छ । तरल चिजले आकार लिने हो । गिलासमा राखियो भने त्यसकै आकार लिन्छ । थालमा राखियो भने फैलिन्छ । सर्जकहरू जहिले पनि तरल अवस्थामा हुन्छ र जहिले पनि कुन भाँडामा राख्ने हो त्यस्तै रुपमा स्वतन्त्र हुनुपर्छ । सर्जकले अरुलाई सम्मान गर्नुपर्छ । सबैलाई सम्मान गरेर अगाडि बढ्नु नै मानव धर्म हो । हामीले यो राम्रो वा नराम्रो भनेर वर्गीकरण गर्ने अधिकार छैन । शब्द जहिले पनि स्वतन्त्र हुनुपर्छ । तार्किक शब्द हुनुपर्छ । सहि भावना र सहि सोँच हुनुपर्छ । भावनाहरू संगीतको मार्फतबाट पोख्नुपर्छ । तपाईल भने जस्ता कुराहरू नभएको भए राम्रो हुने थियो ।

    ० तीज गीत भन्ने केटाहरूले साडी लगाएर नाच्ने, केटीहरूले ब्रत नबस भन्ने, तीजलाई बहिस्कार गरौं भन्ने यस्ता कुरा गीतमा आउँदा त्यसले कस्तो सन्देश दिन्छ ? यो त धर्म र संस्कृतिमाथि प्रहार भएन र ?
    – समय परिस्थिति सधैं एकनास रहँदैन । बुबाआमा र सानो बच्चाले सुन्ने गीत संगीत फरक हुन्छ । त्यो कुरालाई सबैले स्वीकार गर्नुपर्छ । समय र परिवेशले मागेका चिजहरू हामीले दिनुपर्छ । समयले माग्यो भन्दैमा सबै कुरा गर्ने होइन । सर्जकमा इमानदारिता पनि हुनुपर्छ ।
    समाजप्रतिको दायित्व र नैतिकता भुल्नु हुँदैन । सामाजिक हुँदा मान्छेले के हेर्छ । पारिवारिक हुँदा के गर्छ । व्यक्तिगत हुँद के हेर्छ ? समाजमा हामी ओतप्रोत हुनुपर्छ । पारिवारिक दायित्व पनि हेर्नुपर्छ । परिवारले के चाहिन्छ । परिवारभित्र संस्कारी पनि हुन्छ । सबैलाई नैतिकताभित्र रहेर आफ्नो सिर्जना बाहिर ल्याउनुपर्छ ।

    ० कलाकार भनेका समाजले रुचाइएका व्यक्ति हुन् । उनीहरूले दिने कुराले त समाजलाई असर परेको हुन्छ । त्यसमा ध्यान
    दिनेकी नदिने ?
    – त्यो कुरामा तुलना गर्न मिल्दैन । यो कुरामा नैतिकता चाहिन्छ । ध्यान दिनुपर्छ । केही परिवर्तनलाई स्वीकार गर्नुपनि पर्छ । नैतिकताका आधारमा सर्जकहरूले सिर्जना गर्नुपर्छ । नयाँ पुस्तालाई के सिकाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

    ० गीत बनाउने क्रममा कसरी रचना वा संगीत गर्नुहुन्छ ?
    – सिर्जना भनेको साधना हो । एकान्तमा बसेपछि धुन सिर्जना हुन्छ । व्यापारीले पनि एकान्तमा बसेर आफ्नो व्यापारका बारेमा सोच्छ । त्यो पनि क्रिएशन हो । जे गरिरहेका हुन्छौँ त्यो नयाँ सोँच हो । त्यो समयमा भर पर्ने कुरा हो । एकान्तमा रचना गर्न सहयोग मिल्छ ।

    ० गीत गाउने, संगीत दिने वा शब्द लेख्ने कुरा कसरी गर्ने हो ?
    – हरेक कुरामा मिठास हुनुपर्छ । कुनै गीत गुनगुनाइएको छभने त्यो गीत नै राम्रो लागेको छ भने त्यसमा व्याकरण आवश्यक छैन । नेपाली मेरी आमालाई पनि आउँछ । व्याकरण पनि आउँछ हो । तर, त्यो व्याकरणको व्याख्या गर्न नसक्नु होला । विवेक, ममता प्रयोग गर्न कोही पनि अलमलिदैन ।

    ० तपाईलाई महँगो संगीतकार र गायक भनेर आरोप लाग्ने गरेको छ नि हो ?
    – त्यस्तो केही पनि होइन । म पनि बाँच्नुपर्छ । महँगो जस्तो त लाग्दैन । कुरा के हो भने मलै गीत संगीत गर्दा आजको भोलि काम गर्ने होइन । सिर्जना गर्दा समय दिन्छु । धेरै समय दिँदा पारिश्रमिक अलिक धेरै लिएको भनर भनिएको होला । एक दिन पाक्ने चामल र एक महिना पाक्ने चामलमा भिन्नता फरक हुन्छ । मलाई पनि त्यही सिद्धान्त लागू हुन्छ । बाहिर भनिए जस्तो होइन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार