Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् : राजेश हमाल

    भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् : राजेश हमाल

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    काठमाडौँ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटी नयाँ नक्सा जारी गरेपछि देश विदेशमा यसकाे चर्चा चुलिएकाे छ। साथै देश विदेशका राजनीतिककर्मीदेखि कलाकारहरूले यस विषयमा आफ्नो मत राखिरहेका छन्।

    सामाजकि संजालमा बेलाबेला राजीनितक विषयमा समेत टिप्पणी गर्ने अभिनेता राजेश हमालले भारतसँगको सीमा विवादबारे आफ्नो मत सार्वजनिक गर्दै भने,‘भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् ।’ सीमा विवादका विषयमा मौन बस्न नहुने आवाज संजालमा उठिरहेका बेला उनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।



    लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले भनेका छन्, ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार छैनन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’



    सीमा विवाद वास्तवमा विवादै नभएको उनको तर्क छ । ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरै/थोरै केही माग गरेको छैन,’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार