Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता शेखरकाे प्रश्न: नेतामाथि कारवाही गर्दा कार्यकर्तामा के सन्देश जान्छ?

काठमाडौं । नेपाली कांग्रेस पार्टीमा अन्तरविरोध देखिएको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरुलाई कारबाही गरेपछि पार्टी भित्र अन्तरविरोध देखिएको हाे।

सोही प्रकरणलाई लिएर कांग्रेस नेता डा. शेखर कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर उनीहरुलाई कारबाही गरिएको भन्दै विरोध जनाएका छन् । उनले पार्टीबाट उनीहरुलाई निष्कासन गरिनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

'एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं।' उनले आइतबार फेसबुकमा लेखेका छन्, 'यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो।'

कांग्रेसले शनिबार पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडेलधुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077