Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धरौटी तिर्न नसक्दा कालोबजारी गर्ने व्यापारी जेल चलान

    धरौटी तिर्न नसक्दा कालोबजारी गर्ने व्यापारी जेल चलान

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    रौतहट । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल रौतहटका तीन सहकारी संस्थासँग मिलेर किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका रौतहटको चन्द्रपुर १ वाग्मतीका व्यापारी धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाउन नसक्दा बिहीबार राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका हुन् ।



    तराई–मधेसमा धान खेतीका बेला अनुदानमा आएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले कृषि समाग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रविकुमार केशरी र वडा नम्बर १ का वडाध्यक्ष वीरबहादुर राखालसहित २५ जनामाथि कालोबजारीको मुद्दा चलाइएको डीएसपी हेमबहादुर शाहीले बताए । साह बाहेक मुद्दा चलाइएका अन्य सबै व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।



    साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले असार १२ गते पक्राउ गरेको थियो । सात सयमा किनिएको मल १७ सयदेखि २२ सय रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो ।धरौटी बुझाउन नसक्दाधरौटी बुझाउन नसक्दा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार