काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्न सरकार सकरात्मक रहेको बताएका छन् ।
चलचित्र विकास वोर्डले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलचित्र प्रदर्शन गराउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताए ।
उनले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा लगाईने बताए ।
चलचित्र क्षेत्र अति प्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताए ।
Leave a Reply