Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा पछिल्लो २४ घण्टामा थपिए ४९ हजारबढी कोरोना संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामा थपिए ४९ हजारबढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ३१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ७४० जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ६०१ पुगेको छ ।



    भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका तीन लाख ४७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ९२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । दिल्लीमा अहिलेसम्म एक लाख २७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार