Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

३ लाख ७६ हजार झ्वाम पार्न लुटिएको नाटक, तीनजना पक्राउ

काठमाडौं । धनुषामा रकम लुटिएको नाटक गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका २ का २० वर्षीय धिरजकुमार अधिकारी, शहीदनगर नगरपालिका–७ ताराटोलका २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका–१६ का २१ वर्षीय छोटु झा रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकारी यदुकोहास्थित मोटरसाइकल शोरुमका कर्मचारी हुन् । शोरुमले बैङ्कमा जम्मा गर्न पठाएको रकम मण्डल र झासँगको आपसी सहमतिमा लुटपाट भएको नाटक गरेर भागबण्डा गर्ने योजना बनाएको खुलेको छ ।

अधिकारीले टीभीएस शोरुम यदुकुहाबाट जनकपुरस्थित बैंकमा राख्नको लागि ३ लाख ७६ हजार रुपैयाँ ज १० प ९७ नम्बरको मोटरसाइकलमा लिएर आइरहेका थिए । र बाटोबाटै रकम लुटिएको भनि प्रहरीलाई जानकारी दिए थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077