Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • २० लाख रुपैयाँसहित एक जना पक्राउ

    २० लाख रुपैयाँसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाइ पक्राउ गरेकाे छ।

    सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको हाे।



    सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले सिरहा नगरपालिका १९ सोहरूवाबाट ठाकुरलाई जनालाई पक्राउ गरेको जानकारी दिए।



    भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शंका लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए। ठाकुरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार