Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाढीले बगाएर दुई जनाको मृत्यु

जनकपुरधाम । अबिरल वर्षा पछि सर्लाहीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका–४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी रामनगर गाउँपालिका–६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय बजेन्द्र झा रहेका सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077