काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सरकारी छाप दस्तखत मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
मालपोत कार्यालय कलंकीको जाहेरीका आधारमा सरकारी छाप दस्तखत मुद्धाका फरार अभियुक्त हरिशरण महतलाई बुधबार सीआईबीले ललितपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका महत बिरुद्ध २ वर्ष कैद र ३७ लाख ५० हजार जरिबाना भएको सीआईबीले जनाएको छ ।
Leave a Reply