Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि लामो दूरीको यातायात चल्ने

    साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि लामो दूरीको यातायात चल्ने

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.6K
    SHARES

    कामठाडौं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

    अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । अन्तर्जिल्ला तहमा सञ्चालन गर्न पाइने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।



    यस्तै सरकारले साउन १५ गते देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाईनेछैन । यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।



    यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधिसुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार