Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

११ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जनालाई रौतहटबाट पक्राउ गरेको छ ।

इशनाथ नगरपालिका–४ मठियाका १९ वर्षीय पवनकुमार सिन्हालाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।

साइकलमा झोला झुण्डाएर आउँदै गरेका सिन्हालाई जाँच गर्दा रकम बरामद भएको र बरामद रकमबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077