Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा थप १५० जनामा संक्रमण, ६०९ डिस्चार्ज

    काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा थप १५० जनामा संक्रमण, ६०९ डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा १५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमण हुनेकाे संख्या १७ हजार ९९४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । तर पाँच हजार पाँच सय १७ जना मात्रै एक्टिभ केस रहेकाे मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार