Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखरले भने- नेकपा विवादमा राष्ट्रपति मुछिनु दु:खद्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सामाजिक संजाल मार्फत राष्ट्रपतिको पछिल्लो गतिविधि प्रति असन्तुष्टि जाहेर गरेका छन् । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको विवादमा मुछिदै गएकाे विपक्षी नेताहरूकाे बुझाइ छ।

सोमबार उनले ट्वीटमार्फत् भनेका छन्,'राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो,'राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।'

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा राष्ट्रपति मुछिएकोप्रति लक्षित गर्दै यस्ताे ट्वीट गरेका हुन्। उनले थप लेखेका छन्, 'पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।' डा. शेखरले राष्ट्रपतिको यही सक्रियतालाई लक्षित गर्दै ट्वीट गरेको बुझिएको छ ।

यसअघि पनि पार्टी विवादको क्रममा एउटा पक्षको साथ लिइ फाष्ट ट्रयाकबाट संसद अधिवेशन अन्त्य गर्ने अध्यादेश पारित् गरेको भन्दै उनको आलोचना भएको थियो । यस्तै गत शनिबार नेकपाको सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक विषयमा कुरा गर्न राष्ट्रपति निवासमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077