Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोनाका ‘एक्टिभ केस’ ५ हजार ९२३ मात्रै, ६६ प्रतिशत डिस्चार्ज

    कोरोनाका ‘एक्टिभ केस’ ५ हजार ९२३ मात्रै, ६६ प्रतिशत डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा आईतबारसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । तर ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या ५ हजार ९२३ जना मात्रै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । जसमध्ये ४० जनाको मृत्यु भएको छ । त्यसैले अहिले नेपालमा ५ हजार ९२३ जना मात्रै ‘एक्टिभ केस’ रहेको मन्त्रालयले जनाएको छ ।



    जसमध्ये प्रदेश नम्बर १ मा ७९, प्रदेश २ मा १ हजार ८ सय ८६, बाग्मती प्रदेशमा ४१०, गण्डकी प्रदेशमा ४२८, प्रदेश ५ मा ४४७, कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार