Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ८४ अंकले बढेपछि सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेपछि आजका लागि कारोबार बन्द भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजार सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।

आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

कारोबार खुलेको ६ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो । २० मिनेटपछि खुलेको बजारमा केहिबेरमै ५ प्रतिशतले वृद्धि भयो ।

त्यससपछि ४० मिनेट बन्द गरियो । दोस्रो पटक सर्किट ब्रेकपछि खुलेको १ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि बजार बन्द भएको शेयर कारोबार अब सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077