Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रचण्डले ओलीसँग मिलेर धाेका दिएकाे झलनाथ र माधवकाे गुनासाे

    प्रचण्डले ओलीसँग मिलेर धाेका दिएकाे झलनाथ र माधवकाे गुनासाे

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीसँग मिलेर धाेका दिन लागेकाेमा झलनाथ खनाल र माधव नेपालले गुनासाे गरेका छन्। आज बिहान नौ बजेबाट प्रचण्ड निवास खुमलटारमा भएको भेलामा खनाल र नेपालले यस्ताे गुनासाे गरेका हुन्।

    नेकपाको विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको मंसिरमा महाधिवेशन गर्ने र प्रचण्डलाई एकल अध्यक्षमा सघाउने प्रस्तावमा प्रचण्ड सहमत भएको भन्दै नेपाल समूहले विरोध गरेपछि प्रचण्डले नेताहरुलाई आफ्नो निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन्।



    छलफलकाे क्रममा वरिष्ठ नेताहरु नेपाल र खनालले प्रचण्डलाई धोका दिएको हो भनी शंका व्यक्त गरेपछि नेकपा विवादले नयाँ माेड लिएकाे अाकलन गरिएकाे छ।



    उनीहरुले प्रचण्डलाई ‘के तपाइले धोका दिएको हो भन्दै प्रश्न’ गरेका थिए। जवाफमा प्रचण्डले ओलीको प्रस्तावमा आफूले कुनै सहमति नगरेको नेताहरुलाई ब्रिफिङ गरेको बताइएको छ। शनिवारको सचिवालय बैठकमा ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई प्रचण्डले सहमति जनाएका थिए। प्रचण्डले खुमालटार भेलामा महाधिवेशनको प्रस्ताव आएको भए पनि आफूले सहमति नगरेको दाबी गरे।

    खुमलटार भेलामा सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा अनुपस्थित भएका थिए। भेलामा प्रचण्ड, वरिष्ठ नेता तथा सचिवालय सदस्य माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए। भेलामा गौतम अनुपस्थित भएको उनका स्वकिय सचिव दीपक टमाटाले जानकारी जानकारी दिए।

    ओलीले वैशख ८ मा पार्टी विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड-नेपाल गुटले ओलीको राजीनामा मागेको थियो। तर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावले वामदेव पछि हटेका थिए। ओलीले प्रधानमन्त्री बनाउने झुटा आश्वासन दिएको भन्दै फेरि प्रचण्ड नेपाल गुटमै फर्किएका गौतम पछिल्लो समय ओलीविरुद्ध आक्रामक बनेका थिए।

    असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागेपछि चरम अवस्थामा पुगेको भए पनि विवाद मिलाउन दुई अध्यक्ष प्रचण्ड र ओली केही समयदेखि एक्लाएक्लै छलफलमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार