Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेकपाको बिबादलाई सहमतिमा टुंग्याउने निर्णय, प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

    नेकपाको बिबादलाई सहमतिमा टुंग्याउने निर्णय, प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकबाट आज पनि विवाद समाधान भएन । तर, नेताहरुबीच विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    पार्टीको समग्र समस्याको बारेमा छलफल भएको र दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको वताइएको छ ।



    प्रधामनमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान दिएपछि विवाद चर्किँदै गएकोमा आज भने सहमतिको बिन्दुतर्फ छलफल भएको हो।



    प्रधानमन्त्री ओलीले भने दुबै पद नछोड्न अडान राख्दै आएका छन् । बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार