Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेनाकाे मेजर बताउने प्रहरीकाे फन्दामा

    सेनाकाे मेजर बताउने प्रहरीकाे फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 3.2K
    SHARES

    ललितपुर । नेपाली सेनाका मेजर बताउने एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ। शुक्रबार राति मादक पदार्थ सेवन गरेर प्रहरीलाई नै धम्क्याएपछि नेपाली सेनाका मेजर बताउने सुरेश विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त चापागाउँले उनलाई पक्राउ गरेको हो । सैनिक पोशाकमै रहेका विष्टले प्रहरीलाई अभद्र व्यवहार समेत गरेका थिए । बृत्तमा ल्याएपछि पनि विष्टले अभद्र व्यवहार देखाइरहे । त्यसपछि प्रहरीले उनलाई हत्कडी लगाए । केहीबेरमा सैनिक प्रहरी वृत्त आइपुगे । तर, सैनिक प्रहरीले विष्टलाई बुझ्न मानेनन् । सैनिक प्रहरीले विष्ट सेनाको मेजर नभएको बताए । बृत्तमा आएका सैनिक प्रहरीले भने, ‘सुरेश विष्ट नाम गरेका मेजर साप नेपाली सेनामा नरहेको पाइयो ।’



    सैनिक प्रहरीले यसो भनिरहँदा विष्टले भने सैनिक प्रहरीकै गाडी समेत तोडफोड गर्ने स्थितिमा वितण्डा मच्चाइरहेका थिए । ती सबै हर्कत भिडियोमा देखिएको छ । उनले सेनाले बोल्ने कोड भाषा पनि बोलेका छन् । सैनिक प्रहरीले आफ्नो मान्छे होइन भनेपछि प्रहरीले उनलाई बृत्तकै हिरासतमा राखे । शनिवार बिहान आफूलाई सञ्चो नभएको भनेपछि उनको पाटन अस्पतालमा उपचार भएको छ ।



    गोदावरी नगरपालिका २ विशंखु बस्ने ४५ वर्षीय विष्ट २०६२ जेठ ११ गते सेनामा भर्ती भएका थिए । तर, उनी २०६३ वैशाख १० गते बर्खास्त भएका थिए । महानगरीय प्रहरी बृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले पक्राउ परेका विष्ट नक्कली मेजर भएको र उनले सेनाको कपडा दुरुपयोग गरेको पाइएकाले किर्तेमा मुद्दा चलाउने तयारी भएको छ । यसबारे थप अनुसन्धान समेत भइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार