Online Nepal
  • शनिबार, २० पुष २०८१
  • पाकिस्तानमा रहेको बलिउड अभिनेता ऋषी कपूरको हभेली ध्वंस बनाउने खतरा

    पाकिस्तानमा रहेको बलिउड अभिनेता ऋषी कपूरको हभेली ध्वंस बनाउने खतरा

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4.3K
    SHARES

    एजेन्सी। पाकिस्तानको पेसावर सहरमा रहेको बलिउड अभिनेता स्व. ऋषी कपूरको ऐतिहासिक हभेली ध्वंस बनाउने खतरा बढेको छ । उक्त ऐतिहासिक हभेलीलाई भत्काएर कमर्सियल कम्पलेक्स बनाउने भन्दै पाकिस्तानीहरु लागिरहेका छन् ।

    सन् २०१८ मा पाकिस्तान सरकारले कपूर हभेलीलाई किसा ख्वानी बजारबाट म्युजियम बनाउने घोषणा गरेको थियो । ऋषी कपूरले आफ्नो देहान्तअघि उक्त हभेलीलाई म्युजिम बनाइदिनु भन्‍ने इच्छा व्यक्त गरेका थिए ।



    पाकिस्तान विदेशमन्त्री शाह मुहम्मद क्वेरेसीले उक्त हभेलीलाई म्युजिम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीयले भने उक्त भवन अहिले भूत बंगला बनेको जनाएका छन् ।



    उक्त भवनको नाजुक स्थितिका कारण जतिखेर पनि भत्किनसक्ने उनीहरुले बताएका हुन् । पर्यावरणीय कारण, भूकम्प र आँधीले गर्दा उक्त भवनको अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ ।

    अहिले उक्त हभेली हाजी मुहम्मद इसारले हेरिरहेका छन् । उनी सम्पन्‍न गहना व्यापारी हुन् ।

    सन् १९४७ मा ऋषीको परिवार पाकिस्तानको पेसावरबाट भारत आएका थिए । सन् १९९० मा ऋषी र उनका भाइ रन्धिर कपुरले आफ्नो ऐतिहासिक हभेलीकव अवस्था हेर्ना गएका थिए । उक्त हभेलीमा ऋषीका बुबा राज र उनका हजुरबुबा पृथ्वीराज जन्मिएका थिए ।,

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार