Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ब्रिटिश लाहुरे भन्दै लभको नाटक गरी सुनको सिक्री र ५ लाख ठगी गर्ने पक्राउ

    ब्रिटिश लाहुरे भन्दै लभको नाटक गरी सुनको सिक्री र ५ लाख ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 5K
    SHARES

    काठमाडौं । आफूलाई यूकेको लाहुरे भन्दै विभिन्न आश्वासन दिई महिला साथी बनाई रकम तथा सुनका गरगहना लिई फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार काठमाण्डौ महानगरपालिका–३२ कोटेश्वर चोकबाट सुनखानी–८ सिन्धुपाल्चोकका दिपक मोक्तान लामालाई पक्राउ गरेको हो ।

    धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औठी तथा नगद रु. ५ लाख लिई लामा २ महिना अगाडी नै फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले लामाको साथबाट सुनको सिक्री, औठी समेत बरामद गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार