Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ३२ अंकले बढ्यो

काठमाडौं । शेयरबजार परिसूचक नेप्से आज ३२ अंकले बढेको छ । नेप्से आज ३२ अंकले बढेर १३ सय ९४ दशमलव ७७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सबैजसो समुहको शेयर बढेको दिन आज जिवन विमा समुहको शेयर १ सय ३१ अंकले, निर्जिवन विमा समुहको ७९ अंकले, विकास बैंक समुहको ६०, उत्पादन ४५ र होटल समुहको शेयर ४० अंकले बढेको छ ।

आज १ अर्ब ४ करोड रुपैयाँ बराबरका २९ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन् । आज लक्ष्मी बैंक, मितेरी विकास बैंक र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाका शेयरधनीले नौ प्रतिशत भन्दा धेरै कमाएका छन् ।

समग्र शेयर बजार बढेपनि ओरियन्टल होटलका लगानीकर्ताले झण्डै साढे ६ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077