Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओलीकाे फेरि राजीनामा मागे प्रचण्ड र नेपालले

    ओलीकाे फेरि राजीनामा मागे प्रचण्ड र नेपालले

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीकाे फेरि राजीनामा मागिएकाे छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गर्दै सुझाएका छन्।

    बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।



    बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेता (प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) को छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको स्राेतले बताएकाे छ।



    तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताएका छन् । प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए । तर ओली त्यसमा सहमत छैनन् । बहुमतबाट निर्णय गर्दा पार्टी विभाजनसम्म हुनसक्ने भन्दै नेताहरुले बैठक स्थगित गरेर अध्यक्षद्वयलाई छलफलबाट सहमति खोज्ने जिम्मा दिएका छन्।

    मंगलवार भएको वार्ता सहमति नजिक रहेकाले बुधबार सहमति हुने बताइए पनि दुवै अध्यक्षको अडानका कारण ठोस सहमति जुट्न नसकेको हो । दुवै जना आ–आफ्नै अडानका कारण वार्तामा बस्दै सहमति नगरी उठ्ने गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच तीन घण्टा वार्ता भए पनि दुवै आ–आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार