Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विराटनगरमा बलात्कार आरोपमा पूर्वप्रहरी पक्राउ

विराटनगर । विराटनगरबाट एक पूर्व प्रहरी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

२०७६ फागुन ३ मा आफूलाई जबर्जस्ती करणी गरेको दावी गर्दै एक महिलाले उजुरी दिएपछि विराटनगर महानगरपालिका–१२ बखरी घर भएका अवकाश प्राप्त सई नयन श्रेष्ठ पक्राउ परेका हुन् ।

विराटनगर–३ मा काडमाडौं सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका श्रेष्ठले फागुन ३ गते साँझ सेक्युरिटी कम्पनीको कार्यालयमा बलात्कार गरेको भनी महिलाले जाहेरी दिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

घटनाको पाँच महिनापछि महिलाले आफूलाई धम्की दिएर बलात्कार गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीमा जाहेरी दिएकी महिलाले बलात्कार गरेको भिडियो बनाएको र सोही भिडियोको आधारमा श्रेष्ठका नाताले भाइ पर्ने ज्योति श्रेष्ठले ब्लाकमेलिङ गरेको उल्लेख छ ।

उक्त घटनापछि नयनकी श्रीमतीले पनि ब्लाकमेलिङ गरेको महिलाको दाबी छ । नयनका भाइ र श्रीमतीलाई खोजी गरिरहेको डीएसपी राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077