Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विवाद टुंगो लगाउन ओली, प्रचण्ड र माधवबीच छलफल

    विवाद टुंगो लगाउन ओली, प्रचण्ड र माधवबीच छलफल

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् । बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेका थिए ।

    साेही प्रस्तावअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।
    छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।



    मंगलवार भएको वार्ता सहमति नजिक रहेकाले बुधबार सहमति हुने बताइए पनि दुवै अध्यक्षको अडानका कारण ठोस सहमति जुट्न नसकेको हो । दुवै जना आ–आफ्नै अडानका कारण वार्तामा बस्दै सहमति नगरी उठ्ने गरेका छन् ।



    बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच तीन घण्टा वार्ता भए पनि दुवै आ–आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो । राजीनामा दिनुपर्ने अडानबाट पछि हटेका प्रचण्डले आफूले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुपर्ने अडान राखेका छन् भने ओलीले प्रधानमन्त्रीसँग पार्टी अध्यक्षको भूमिकामा पनि रहने अडान राख्दा सहमति जुट्न सकेको छैन ।

    प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री नछोड्ने हो भने पार्टी अध्यक्षको सम्पूर्ण अधिकार प्रचण्डलाई दिनुपर्ने अडानमा रहेका छन् । तर ओली पक्षले भने पार्टी प्रचण्ड–नेपालले कब्जा गर्ने खतरा रहने भएकाले अध्यक्षमा रहिरहनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको बताइएको छ ।

    दुई अध्यक्षबीच पाँचौंपटकसम्म वार्ता गर्दा पनि सहमति जुट्न नसकेपछि नेकपाका दोस्रो पुस्ताका नेताहरु पुनः सहमति कायम गर्न दबाब दिन छलफलमा जुटेका छन् ।नेकपाका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मणि थापालगायतका नेताहरुबीच छलफल भएको छ । पार्टी विभाजनको संकट टरे पनि पार्टीभित्रको विवादको निकास अझै निस्किन सकेको छैन ।

    प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने दबाब बढेपछि शुरु भएको नेकपाको विवादको कारण स्थानीय समितिको बैठकसमेत प्रभावित बनेको छ ।

    स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहितका नेताहरुले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि बैठक अवरुद्ध छ । सहमतिका लागि भनेर पटक पटक स्थगित बैठक शुक्रवारका लागि तय भएको छ ।त्यो बैठकअघि नै मुख्य नेताहरुबीच समझदारी कायम गर्न बालुवाटारमा निर्णायक छलफल भएको हो । प्रचण्ड र माधव नेपाल पक्षले ओलीको राजीनामा मागेको छ । ओलीले भने दुबै पद पछाड्ने अडान लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार