Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुसको दाबी : कोरोनाविरुद्धको खोप पत्ता लाग्यो

    रुसको दाबी : कोरोनाविरुद्धको खोप पत्ता लाग्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 5.2K
    SHARES

    मस्को । रुसको सेचनोव विश्वविद्यालयले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको खोप पत्ता लागेको दाबी गरेको छ ।

    विश्वविधालयका प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकलाई उद्धृत गर्दै खोपको परीक्षण सफल भएको र खोप प्रभावकारी देखिएको रुसस्थित तास मिडियाले जनाएको छ ।



    ‘सोध पूरा भएको छ र यसबाट खोप पूर्ण रुपमा सुरक्षित रहेको पनि प्रमाणित भएको छ,’ इलिनाले भनेकी छिन् । खोप परीक्षण गरिएका स्वयंसेवकहरुलाई १५ जुलाईदेखि २० जुलाईसम्ममा डिस्चार्ज गरिनेछ ।



    विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार