Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय आधारकार्ड बनाएर लुकेर बसेका सुवेदी दम्पत्तीका हत्यारा १४ वर्षपछि फन्दामा

    भारतीय आधारकार्ड बनाएर लुकेर बसेका सुवेदी दम्पत्तीका हत्यारा १४ वर्षपछि फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी )को टोलीले  सितापाईलाका एक दम्पत्ती हत्यामा संलग्न जयकिशोर शाह उर्फ जेकेलाई १४ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

    सिआईबीका अनुसार सर्लाही घर भएका शाह र कञ्चनपुरका प्रकाश रानाले कान्तिपुर मिलका सञ्चालक मोरङ घर भएका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई धारिलो हतियार प्रहार गरी २० पुस २०६३ मा सितापाइलामा हत्या गरेका थिए।



    शाहलाई बाँके जिल्लाको भारतसँगको सिमा क्षेत्रबाट पक्राउ गरिएको सिआईबीका प्रमुख डिआईजी सहकुल थापाले जानकारी दिए।



    सामान्य बिबादमा सुवेदी  दम्पत्तीको हत्या गरेर उनीहरु फरार भएका थिए। शाह लामो समयदेखि भारतमा लुकेर बसेका थिए । सुवेदी  दम्पत्तीको हत्यापछि उनीहरु भागेर लखनउ पुगेका थिए ।

    त्यसपछि केही समय संगै बसे र राना अन्यत्रै लागेपछि शाहले जय शर्माको नामबाट भारतीय आधारकार्डको कागजात बनाइ लुकिछिपी काम गरेको समेत खुलेको छ।

    प्राविधिक पक्षको विश्लेषण गरेर शाहलाई पक्राउ गर्न सफल भएको डिआईजी थापाले थप वताए  ।

    शाहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं बुझाइने पनि उनले वताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार