Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अभिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीकाे ट्वीट

    अभिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीकाे ट्वीट

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आईतबार ट्वीट गर्दै कोरोना भाइरस संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् ।



    प्रधानमन्त्री ओलीले ट्वीट मार्फत भनेका छन्, ‘भारतका महान अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’



    शनिवार कोरोना संक्रमण पुष्टि भएसँगै हमिताभ नानावती अस्पतालमा भर्ना भएका छन् । अभिषेक तथा बुहारी ऐश्वर्या राय र नातिनी आराध्यामासमेत कोरोना पुष्टि भएको छ ।

    अमिताभ र अभिषेक अस्पतालमा उपचाररत रहेका छन् भने बुहारी र नातिनि होम क्वारेन्टाइनमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार