Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अभिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीकाे ट्वीट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले आईतबार ट्वीट गर्दै कोरोना भाइरस संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीट मार्फत भनेका छन्, ‘भारतका महान अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

https://twitter.com/kpsharmaoli/status/1282264729415610369

शनिवार कोरोना संक्रमण पुष्टि भएसँगै हमिताभ नानावती अस्पतालमा भर्ना भएका छन् । अभिषेक तथा बुहारी ऐश्वर्या राय र नातिनी आराध्यामासमेत कोरोना पुष्टि भएको छ ।

अमिताभ र अभिषेक अस्पतालमा उपचाररत रहेका छन् भने बुहारी र नातिनि होम क्वारेन्टाइनमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077