Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चन्द्रगिरिबाट भालुको पित्तसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रगिरिबाट भालुको पित्तसहित दुईजना पक्राउ पगरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१ बरभञ्याङका २७ वर्षीय हरिबहादुर मोक्तान र वडा नम्बर २ डाँडाखर्क बस्ने २७ वर्षीय रामबहादुर लामा छन् ।

संरक्षित वन्य जन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भइरहेको सूचनाको आधारमा अपराध महाशाखाको टोलीले भालुको पित्त जस्तो देखिने ३५ ग्राम तौलको वस्तुसहित उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077