नयाँदिल्ली । बलिउडका कलाकार अनुपम खेरसहित परिवारका चार जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ।
अनुपमसहित उनकी आमा, भाउजू र भतिजी संक्रमित भएका हुन्। अनुपमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । मैले पनि परीक्षण गरेँ, मैले आफ्नो रिपोर्ट पाेजिटिभ पाएको छु।’
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनेर चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि संक्रमण भएको छ । अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले आफूसहित परिवारका चार जनालाई कोभिड-१९ पोजिटिभ रिपोर्ट आएको जानकारी दिएका हुन्
Leave a Reply