काठमाडौं। बलिउडका चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस पोजिटिभ भेटिएको छ। कोरोना संक्रमण देखिएपछि बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ ।
७७ वर्षीय बच्चन आफैले यसबारे जानकारी दिएका छन्। अमिताभ बच्चनले आफ्नो ट्वीटमा लेखेका छन्, “मलाई कोरोना सकारात्मक भेटियो,अस्पतालमा भर्ना भएको छु । परिवार र अन्य स्टाफको पनि जाँच भैरहेको छ।’उनको परिवारको भने रिपोर्ट आउन बाँकी रहेको छ।
आजतकका अनुसार कोरोना पोजिटिभ देखिएका बच्चन कौन बनेगा करोडपतिका लागि शूटिंग गर्दै थिए। उनले कार्यक्रमको प्रोमो भिडियो शूट गरेका थिए। उनले बिग बीसँग रहेका परियोजनाहरू पनि संचालन गर्दै थिए ।
Leave a Reply