Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पार्टी विभाजनलाई प्रोत्साहन गर्ने धर्ना जुलुस रोक्न नेकपा नेताहरुको सुझाव

    पार्टी विभाजनलाई प्रोत्साहन गर्ने धर्ना जुलुस रोक्न नेकपा नेताहरुको सुझाव

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले सडक प्रदर्शन तथा धर्ना रोक्न सुझाव दिएका छन् ।

    बिहीबार साँझ कृषि मन्त्रालयमा बसेको दोस्रो तहका नेताहरुले पार्टी विभाजनलाई प्रोत्साहन गर्नेगरी भइरहेका सडक प्रदर्शन तथा धर्ना रोक्न, सामाजिक सञ्जाल लेख्ने कार्य समेत रोक्नुपर्ने निष्कर्ष निकालेका छन् ।



    कृषि मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको संयोजनमा दोस्रो तहका नेताहरुको बैठकले पार्टीको विवाद झन चर्काउने गरी भएका जुलुस रोक्नुपर्ने निष्कर्ष निकालेका हुन् ।



    यसअगाडि मन्त्री भूसालकै क्वाटरमा बसेको भेलाले नेकपा एकतालाई जोड दिन आग्रह गरेको थियो । भेला पछि दोस्रो तहका नेताहरुको तर्फबाट भूसालले अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमकल दाहाललगायत शीर्ष नेताहरुलाई भेटेका थिए ।

    बिहीबारको छलफलपछि भूसालले दोस्रो तहका नेताहरु एकतालाई असर पार्ने सबै गतिविधि रोक्न नेतृत्वलाई आग्रह गर्ने निर्णय भएको बताए ।

    छलफलमा नेकपा नेताहरु भूसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, मणि थापा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, टोपबहादुर रायमाझी लगायत सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार