Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेतृत्वको समस्या

    नेतृत्वको समस्या

    परशुराम घिमिरे
  • बिहिबार, २५ असार २०७७
  • 6.5K
    SHARES

    मुलुकको दीर्घकालीन संकट भनेको नेतृत्व कै संकट हो । जुन बेला वीपी कोइराला, माओत्सेतुङ, महेन्द्र शाह, टिटोहरू थिए त्यो बेलाको लिडरसिप अहिले संसारभरि नै क्राइसिस छ । सिजिङपिङ तथा एकदुई जनाबाहेक नेतृत्वको कमी छ । नेतृत्वको कमी भनेको उसँग नेतृत्व कति छ ?

    सत्ता र शक्ति कति छ भन्ने कुरालाई भन्दा पनि उसले क्राइसिस इमार्जिङ लिडरसिप संकटले नै नेतृत्व जन्माउँछ । नेतृत्व एउटा जन्माउने हो । महात्मा गाँन्धी एउटा जन्मिए । बुद्ध एउटा जन्मिए । जसले संसारभरि छरिए । नेताहरूको कति भिड छ भन्ने कुरा होइन । उसले त्यसलाई कसरी पार लगाउँछ भन्ने हो । नेपालकै भरखरकै कुराहरू गर्दा सर्वाङगिर्ण समस्या भनेको नेतृत्वकै हो ।



    यति ठूलो बहुमत ल्याएर आएको सरकारको बीचमा अन्तरद्वन्द्व र पार्टी फुट्ने अथवा नेकपा भन्ने कुरा गर्दै गर्दा उनीहरूको नेकपा बनि सकेकै छैन । उनीहरू अझै दलदलमा छन् । कांग्रेसले त्यो दलदलबाट मुलुकलाई निकास दिनुपर्छ । नेकपाको सरकार पूर्ण रुपमा असफल भइसकेको छ । सरकारभन्दा पनि मुलुकमा नेकपा असफल भइसक्यो ।



    नेकपाप्रतिको वितृष्ण बढ्दै गएको छ । यिनीहरूले मुलुकमा गरिरहेको रणनीतिको विरुद्धमा नेपाली कांग्रेसले संयमित भएर नेपाली कांग्रेसको नेतृत्वले रणनीति तयार गर्न आवश्यक छ । कुनै पनि रणनीति कति लोकप्रिय हुन्छ भन्नेसँग अर्थ राख्दैन । त्यो रणनीतिले त्यो समस्यालाई कसरी चिर्न सक्छ र अगाडि बढ्न सक्छ ।

    दुई वटा, तीन वटा आन्दोलनहरूमा नेपाली कांग्रेसले नेतृतव गर्यो भने अब समाज रुपान्तरण होइन समाजलाई दिगो व्यवस्थापनको नेतृत्व गर्नुपर्ने पनि कांग्रेसले नै हो । तर, त्यो हुँदाहुँदै नेपाली कांग्रेसमा अहिले प्रवल नेतृत्व बलियो चिज चाहिँ देशकै स्थितिले हेर्दा देखिदैन । संस्थागत नेतृत्वले पार्टीको नेतृत्वले अगाडि बढिसकेपछि त्यसको सम्भावनाको ढोका खोल्छ । नेपाली कांग्रेस नेकपासँग मिलेर, नेकपाका गुटहरू फुट्छन् भनेर त्यो सोँच्ने होइन ।

    दल, सत्ता हामीलाई बलियो बनाउनेभन्दा पनि मुलुकको संरक्षण गर्ने र मुलुकको हित नै सर्वोपरी हो । नेकपाको सर्वोपरी हित ठान्छ भने, नेपाली कांग्रेसको हित सर्वोपरी होइन, मुलुकको हित सर्वोपरी हो । त्यस्तो अवस्थामा जस्तो सुकै अलोकप्रिय निर्णय भएपनि देशलाई नेतृत्व गरेर जानुपर्ने स्थिति हुन सक्छ । यो स्थितिमा नेपाली कांग्रेस सरकारमा जानु हुँदैन ।

    पाँच वर्ष सरकारभन्दा बाहिर बस्नेछ भन्ने कुरा सिद्धान्तमा भन्छ । राजनीतिको कुनै पनि सिद्धान्तले सधैँभरि पछाडि बस यो बेला सत्तामा जा भनिरहँदैन । त्यसका रणनीति हुन्छन् । कार्यनीति हुन्छन् । घोषणा पत्रहरू हुन्छन् । यो स्थितिमा नेपाली कांग्रेसले यदि आवश्यक पर्छ भने नेतृत्व गर्न पनि तयार हुनुपर्छ । भारतमा त्यत्रो क्राइसिस भयो ।

    सन् १९८० तिर भारतमा भारतभित्र स्वदेशमा उत्पादित सामान प्रयोग गर्ने भन्ने थियो । त्यस बेला चन्द्र शेखरहरू थिए । चन्द्र शेखरले नेतृत्व गर्नुभयो । वीपी सिंह हुनुहुन्थ्याे । सबैभन्दा कम प्रतिनिधित्व गर्ने संसदमा दलहरू भारतलाई नेतृत्व गरेर त्यो दलहरू, अझ हेर्नु हुन्छ भने आईके गुजरालसम्म हेर्ने हो भने नेहरुभन्दा पछाडि अत्यन्तै महत्वपूर्ण विदेश नीतिको खम्बाको रुपमा उनीहरूले तय गरेर भारतलाई एउटा ट्रयाकमा ल्याउने काम गरेका हुन् । पछि एचडी देवेगौडा आउनुभयो ।

    कुनै पनि दल फुट्नु देशको लागि राम्रो होइन । नेकपा एकजुट नै हुनुपर्छ । तर, सहमति गरेर देशलाई निर्माण गर्ने सन्दर्भमा सोच्नु पर्छ ।

    भारतको शासन गर्ने एउटा समूह वर्ग छ । त्योभन्दा बाहिर गएर भारतलाई उनीहरूले नेतृत्व दिएर अगाडि बढाए । यो स्थितिमा हामीले अहिले पनि पूर्ण बहुमतको सरकार नेकपाको हुँदै गर्दा नेकपाको सिङ्गो बलियो दल अझै बनिसकेको छैन । एक दलीय सरकारको भन्ने मलाई लाग्दैन । यो अवस्थामा नेपाली कांग्रेसले सुझवुझका साथ मुलुकलाई जसरी नेपाली कांग्रेसको नेतृत्वमा दुई वटा महत्वपूर्ण संविधानहरू, परिवर्तनका चिजहरू आए । भलै त्यसका बारेमा विषयवस्तुहरूका बारेमा बहस गर्न सकिन्छ ।

    दुई वटा, तीन वटा आन्दोलनहरूमा नेपाली कांग्रेसले नेतृतव गर्यो भने अब समाज रुपान्तरण होइन समाजलाई दिगो व्यवस्थापनको नेतृत्व गर्नुपर्ने पनि कांग्रेसले नै हो । तर, त्यो हुँदाहुँदै नेपाली कांग्रेसमा अहिले प्रवल नेतृत्व बलियो चिज चाहिँ देशकै स्थितिले हेर्दा देखिदैन । संस्थागत नेतृत्वले पार्टीको नेतृत्वले अगाडि बढिसकेपछि त्यसको सम्भावनाको ढोका खोल्छ । नेपाली कांग्रेस नेकपासँग मिलेर, नेकपाका गुटहरू फुट्छन् भनेर त्यो सोँच्ने होइन ।

    कुनै पनि दल फुट्नु देशको लागि राम्रो होइन । नेकपा एकजुट नै हुनुपर्छ । तर, सहमति गरेर देशलाई निर्माण गर्ने सन्दर्भमा सोच्नु पर्छ । हिजोका दिनमा सहमति गर्नुपर्ने कुरा थियो । ०६४ को संविधानपछि नै फेरिएको हो । १५ वर्षसँगै यात्रा गर्नुपर्छ भनेर स्वयं गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो । जस्तो सुकै परिणाम आओस् १५ वर्षसम्म सहमतिको राजनीति गर्नुपर्छ भन्नुभएको थियो ।

    निश्चित रुपमा मुलुकको नेतृत्व गर्न कम्युनिस्टहरू कमजोर भएकै हुन् । असक्षम भएकै हुन् । यो कुरा राजनीति गर्ने जो कोहीले जान्ने कुरा हो । यो स्थितिमा कांग्रेस किन चुप लागिरहेको छ ? कांग्रेस सत्तामा जानै पर्छ भन्ने होइन । तर, मुलुकको निकासका लागि बाहिर बसेर हुँदैन नि ? देवघाट बसेर वा पशुपतिको आश्रममा बसेर नेतृत्व गर्न सकिदैन । नेतृत्व गर्न सरकारमा जानुपर्यो । कम्युनिस्टले हात उठाएको प्रत्यक्ष रुपमा देखिदैन । जुन दलदल र लोभ प्रलोभन र भ्रम धेरै कुराहरू झुठको खेतीमा गर्दै छन् । उनीहरूले मुलुकको नेतृत्व सञ्चालन गर्न लगभग असफल भएकै हुन् । उनीहरूले हात उठाएको रुपमा हामीले बुझ्दा हुन्छ ।

    (लेखक राजनीतिक विश्लेषक हुन् ।)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार