Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नेप्से दोहोरो अङ्कले घट्यो

    नेप्से दोहोरो अङ्कले घट्यो

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ ।



    आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब सात करोड ८४ लाख ६२ हजार १४१ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र उकालो लागेको छ ।



    व्यापार १५.३१ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढ्दा बैंकिङ १०.७९, होटल ४२.४२, विकास बैंक ७.०१, जलविद्युत् ८.६८, वित्त १.७८, निर्जीवन बीमा ३०.१३, अन्य २.८, लघुवित्त १०.१३ र जीवन बीमा ६०.२९ अङ्कले घटेका छन् ।

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २५ करोड ५७ लाख ९९ हजार ६८१ मा खरिदबिक्री भयो ।

    यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड १४ लाख नौ हजार ८५३, प्रभु बैंक संस्थापक शेयर रु छ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक रु चार करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक रु तीन करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिष्टिलरीको रु तीन करोढ २४ लाख ७४ हजार १८६ मा खरिदबिक्री भयो ।

    घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै आशा लघुवित्त वित्तीय संस्था ७.५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६.२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ५.०८ प्रतिशतले कमाए ।

    यस्तै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६.९८, कालिका पावर कम्पनी ५.५६, नेशनल हाइड्रोपावर कम्पनी ५.२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५.१९ र पोखरा फाइनान्सका शेयरधनीले ५.१० प्रतिशतले गुमाएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार