Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता

    ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  बालुवाटारमा वान टु वान वार्ता शुरू भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले छलफलमा अध्यक्षद्वय मात्रै जुटेको  जानकारी दिए। पार्टीभित्रको विवादलाई लिएर आइतबार पनि ओली दाहालबीच वार्ता भएको थियो।



    आइतबारको वार्तामा ओली पक्षबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहाल तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। आइतबारको बैठक सकारात्मक भएको बताएपनि निर्णय लिन सकेन।



    पार्टी भित्रको समस्या समाधान गर्न दोस्रो तहका बैठकमा सहभागी ४ नेतालाई जिम्मा दिइएको छ।  यता, स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित भएको छ।  बैठक २४ गते बुधबार ११ बजेसम्म स्थगित भएको नेकपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार