Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

झूटो विवरणमा नागकिरता बनाउने अधिकृत पक्राउ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाका तत्तकालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

झूटो विवरण पेस गरेर विदेशी नागरिकलाई नेपाली नागकिरता वितरण गरेको आरोपमा तत्तकालीन प्रशासकीय अधिकृत आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत २०७२ साल मंसिर १० गते विदेशीलाई नागरिकता र राहदानी बनाइदिएको कसुरमा जिल्ला अदालत झापाले आचार्यलाई वारेन्ट जारी गरेका यही असार २० गते प्रहरीले पक्राउ गरेको हो ।

आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापको टोलीले पक्राउपछि जिल्ला अदालत झापामा आइतबार बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077