Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाढीले कल्भर्ट बगायो, पहिरोको उच्च जोखिममा घर

बैतडी । वर्षा सुरु भएसँगै बैतडीकाको डिलाशैनी गाउँपालिका १ का विभिन्न स्थानमा गण्न्नी गाड खोलाले १२ कल्भर्ट बगाएको छ। गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीका अनुसार विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ ।

उनले खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको जानकारी दिए। वडा नं १ को बडम, सेल्तडा, रामला, डुडेपानी लगायतका क्षेत्रमा पहिरो समेत गएको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए । उनका अनुसार वडा नं १ मा साना साना पहिरो खसेका छन् ।पहिरोका कारण १५ घर उच्च जोखिममा परेका छन्।

पहिरोले गाउँमा खानेपानी धारा बगाएको छ भने बस्ती पनि जोखिममा परेका स्थानीय मानसिंह रानाले बताए ।बाढीले खोलाले किनारका खेतीहरु बगाएको उनले बताए। वडा नं १ मा मात्रै ५० लाख बढीको क्षति भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । अहिले पनि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077