Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओलीलाई नारायणकाजीको चेतावनी, ‘महाअभियोगबारे झुटाे प्रचार नगर्नुस् ‘

    ओलीलाई नारायणकाजीको चेतावनी, ‘महाअभियोगबारे झुटाे प्रचार नगर्नुस् ‘

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरु र सल्लाहकार टिमसँग  राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने षड्यन्त्र भएको वताएको समाचार बाहिर आएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसबारेमा आपत्ति जनाएका छन् ।

    श्रेष्ठले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटो प्रचार नगर्न आग्रह गरेका छन् । उनले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रपति संस्थाको अवमूल्यन नगर्न ओलीलाई आग्रहसमेत गरेका छन् ।



    प्रवक्ता  श्रेष्ठले भनेका छन्- ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ । राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटो प्रचार कसैले नगरौँ । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौँ । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ ।’ ओलीले शनिवार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको वैठक राखी  पार्टीभित्रको संकटबारे जानकारी दिँदै  दुवै पद नछाड्ने पुरानै अडान दोहोराएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार